Key points are not available for this paper at this time.
सिकाइको गुणस्तर सुधारमा पठन सिपगत प्रभावकारिता अपरिहार्य हुन्छ । सिकारुमा पठन संस्कृति विकास गर्न सकेमा भाषिक सिपगत दक्षता विकास गर्न सहज हुन्छ । भाषा शिक्षणको नवीन अवधारणाले सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपसहितको सुझबुझयुक्त सार्थक पठनबोधमा जोड दिन्छ । प्रारम्भिक कक्षा पढाइ सिप विकाससम्बन्धी नवीन अवधारणामा चाहिँ कक्षा १–३ सम्मका बालबालिकालाई छओटा पठनतत्त्व (ध्वनि सचेतीकरण, लेख्यवर्ण सचेतीकरण, पठनप्रवाह, शब्दभण्डार, पठनबोध र लेखाइ) मार्पmत प्रभावकारी शिक्षण गर्न सकिने आधार प्रस्तुत गरिएको छ । यसलाई आधारभूत तहमा भाषा शिक्षण गर्ने प्रभावकारी प्रक्रिया मानिन्छ । यो अध्ययन उल्लिखित भाषा शिक्षणमा प्रचलित चार सिप र आधारभूत तहका लागि निक्र्योल गरिएको नवीन पठन सिपगत प्रव्रिmयाबिचको सम्बन्धको खोजीमा केन्द्रित छ । यसमा गुणात्मक अनुसन्धान विधि अन्तर्गत जातिभाषिक अध्ययन विधिमार्फत तीन जना विषयविज्ञको अवधारणालाई प्राथमिक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । त्यस्तै प्रारम्भिक कक्षा पढाइ तथा पठन सिपसम्बद्ध नेपाल सरकारका दस्ताबेज, सन्दर्भ पुस्तक र अनुसन्धेय सामग्रीलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरी समीक्षात्मक निष्कर्ष पेस गरिएको छ । अध्ययनबाट पठनबोधयुक्त सार्थक पढाइ सिप विकासको विश्वव्यापी सिद्धान्तलाई बालबालिकाको सिकाइको जग निर्माणार्थ उपयोग गर्न सकिने देखिएको छ । यसका लागि आधारभूत तहलाई सिकाइको जगको रूपमा स्थापित गरी शैक्षिक क्षति न्यूनीकरण गर्न प्रचलित भाषा शिक्षणको प्रक्रियाभन्दा नवीन पठन सिपगत प्रक्रियालाई व्यावहारिक मूर्तता दिनुपर्ने निष्कर्ष निकालिएको छ । Effective teaching is indispensable in order to improve the quality of learning. If the reading culture is developed in the learner, it will be easy to acquire linguistic skills. The new concept of language teaching emphasizes all-round meaningful reading with listening, speaking, reading and writing skills. In the new concept of early grade teaching development suggest that the children in grades 1-3 can be taught effectively through six reading elements (sound awareness, alphabet awareness, reading fluency, vocabulary, reading comprehension and writing). It is considered an effective process of language teaching at the basic level. This study focuses on exploring the relationship between the four skills prevalent in language teaching and instructional process designed for the basic level. In this regards the concept of three subject experts has been used as the primary source materials through the ethnographic study method under the quanlitative research design. Likewise, conclusion has been drawn using the documents of the Nepal government, reference books and research materials related to elementary class reading. From the study, it has been found that the universal theory of meaningful reading skill development with reading comprehension can be used to build the foundation of children's learning. For this, it has been concluded that the basic level should be established as the foundation of learning to reduce the educational deviation, and the new reading teaching approaches should be prioritized rather than the traditional language teaching approaches.
रमेशप्रसाद Ramesh Prasad भट्टराई Bhattarai (Thu,) studied this question.