प्रस्तुत लेख कक्षा ९ र १० का नेपाली पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधि पक्षको समावेशिता अध्ययनमा केन्द्रित छ । माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९ र १०) २०७१ अनुरूप २०७३/७४ मा प्रकाशित एवम् माध्यमिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएका कक्षा ९ र १० का नेपाली भाषाका पाठ्यपुस्तकमा समाविष्ट मानव अधिकार एवम् सूचना, सञ्चार र प्रविधि सम्बद्ध पाठलाई अध्ययनीय सामग्रीका रूपमा लिइएको छ । गुणात्मक ढाँचामा व्याख्या, वर्णनात्मक विधिबाट तयार पारिएको प्रस्तुत लेखमा आवश्यकतानुसार तुलनात्मकतालाई पनि आत्मसात् गरिएको छ । यस अध्ययनले माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुरूप २०७३/७४ मा प्रकाशित पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधि पक्षको समावेशिताका दृष्टिले निकै कमजोर रहेको तर राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएका कक्षा ९ र १० का पाठ्यपुस्तक मानव अधिकार र सूचना, सञ्चार र प्रविधिको समावेशिताको दृष्टिले निकै सन्तुलित रहेको निष्कर्ष प्रस्तुत गरिएको छ । (This article focuses on the inclusivity in learning in the aspect of human rights and information, communication and technology in the Nepali textbook of class 9 and 10. The chapters related to human rights and information, communication and technology of Nepali textbook of class 9 and 10, published on 2073/74 as per the secondary curriculum (class 9 and 10) 2071 prepared according to the national curriculum format 2076’s secondary education, have been the study material of this article. Prepared through descriptive method, narrated in qualitative pattern, this article embraces comparability too as per need. This study comes up with the conclusion that the textbook of class 9 and 10 published in 2073/74 as per secondary education curriculum 2071 is weak from the inclusivity perspective of human rights and information, communication and technology, however, textbook of class 9 and 10 prepared as per national curriculum format is remarkably balanced from the inclusivity perspective of human rights and information, communication and technology.)
No takes yet. Share an insight, caveat, or question.
रामकुमार Ramkumar राई (2024) studied this question.
Synapse has enriched 5 closely related papers on similar clinical questions. Consider them for comparative context: